काठमाडौं । भारतमा हुने ४६ औं एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको छ ।
समूह ‘ए’ मा नेपालसहित चीन, थाइल्यान्ड र इन्डोनेसिया रहेका छन् । भारतको आग्रामा हुने उक्त प्रतियोगिता सेप्टेम्बर २२ देखि २९ सम्म चल्नेछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपालले थाइल्यान्डको सामना गर्नेछ ।
प्रतियोगिताको पहिलो खेल नेपालले थाइल्याण्डसँग सेप्टेम्बर २३ मा खेल्नेछ । त्यस्तै, सेप्टेम्बर २४ मा इन्डोनेसिया र सेप्टेम्बर २५ मा चीनसँग खेल्नेछ ।
च्याम्पियनसिपको समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । दिनेश हेम्जनको कप्तानीमा नेपालले २० सदस्यीय नेपाली टोलीको यसअघि नै घोषणा भइसकेको छ । त्यस्तै, समूह बि मा आयोजक भारत, दक्षिण कोरिया, मलेसिया र श्रीलंका रहेका छन् ।
प्रतिक्रिया