काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. बीच बैंकएस्योरेन्समार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।
मंगलबार भएको सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री गरिने जनाइएको छ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत बि.के. महर्जनले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया