देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि काठमाडौँ नाडा अटो सो सुरु

देशान्तर

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट नाडा अटो सो सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले अटो सोको उद्घाटन गरेका छन् ।

प्रदर्शनीमा विभिन्न ब्राण्डका कार तथा मोटरसाइकलहरु राखिएको छ । अवलकोनकर्ताहरुले अटो मोबाइल सम्बन्धि जानकारी लिनका लागि पनि अटो सो उपयुक्त हुने विश्वास गरिएको छ ।

यसपालीको नाडा अटो सो विद्युतीय सवारीमा केन्द्रित हुने नाडाका उपाध्यक्ष कृष्ण दुलालले बताए । ६ वटा ब्राण्डले आफ्ना विद्युतीय सवारी प्रदर्शनीमा राखिएका छन् । अटो सोमा ७१ कम्पनीका १ सय ३४ स्टल राखिएका छन् ।

ती मध्ये १९ वटा चारपांग्रे, २० दुई पांग्रे सवारीका र ३४ स्टल भने सवारी साधनसँग सम्बन्धित स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र टायरलगायतका छन् ।

सोमा सडक सुरक्षासम्बन्धी चेतना जगाउने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गर्ने दुई वटा स्टल छन् । यातायात क्षेत्र नेपालमा सबैभन्दा बढी कर तिर्ने क्षेत्र पनि हो ।

अटो सोको टिकट किनेका अवलोकनकर्ता मध्येबाट चिठ्ठामार्फत् हरेक दिन एउटा मोबाइल प्रदान गर्ने योजना उपाध्यक्ष दुलालले बताए ।