छोरी आउछे भन्दै आमा बाटो हेर्दै होलिन
तीजमा मामा जान्न होला ,आमा पनि रोलिन !
आमा नारी , छोरी नारी, बुहारी पनि नारी
माईती लिन नजादा ,मन बुझाउलिन के गरी !
नरोई बस्नु आमा ,यो तीजमा आउन पाईन्
हजुरले पकाएको मिठो दर ,खान पाईन् !
तीज आयो साथीसङ्गि ,तर खुसी आएन
यो साल पनि माईती , जान पाईएन् !
माईती मेरो क्षितिज पारि ,बा आमा गाउँ मा
चेली रुवाउने पर्व रहेछ ,यो तिज को नाउँमा !
तीजमा लिन आउथे होला ,माईती सो-देश भए
बाध्यता लाई काधमा राखी ,पर-देश गए !
चेलीहरुको महान पर्व, दाई भाई लिन आउदा
खोलिले नि छेक्ने थिएन , माईती जान पाउदा !
दुई भाइ माईती प्रदेश तिर ,बा आमा गाउँमा
आज मेरो आँसु खस्यो, यो तीजको नाउँमा !!
लेखकः अन्जना बिसुन्के
ठेगानाः सुर्यविनायक ५ – भक्तपुर
प्रतिक्रिया