काठमाडौं । नेपाली कांग्रेसको भातृंसगठन नेपाली बिद्यार्थी संघमा प्रतिनिधि विवाद मिलेपछि एघारौं महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको छ । जसअनुसार निर्वाचन समितिले बिहीबार मतदाता नामावली प्रकाशन गर्ने छ भने शुक्रबार उम्मेदवारी दर्ता र शनिबार मतदान गर्ने कार्यतालिका तय भएको छ ।
यही साउन २३ गतेदेखि सुरु भएको नेविसंघ महाधिवेशन विवादका कारण लम्बिएको छ । पूर्व निर्धारित योजनाअनुसार महाधिवेशन २५ गते नै सक्ने कार्यक्रम थियो ।
नेविसंघ नेता यूपी लामिछानेका अनुसार महाधिवेशन नटुंगिएपछि निर्वाचन प्रक्रियाका बाँकी कामहरु कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने छन् । नेविसंघले २३ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपको हल भाडामा लिएको थियो । विहीबार भृकुटीमण्डपमा अर्कै कार्यक्रम भएकाले नेविसंघ महाधिवेशनका बाँकी प्रक्रिया पार्टी कार्यालयमा गर्न लागिएको हो ।
]]>
प्रतिक्रिया