काठमाडौं । देशभर स्थानीय निकाय पुनर्संरचनाको बहस चलिरहेका बेला काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला समेटेर बृहत काठमाडौं महानगर कार्यपालिका बनाउने प्रस्ताव ल्याएको छ ।
उपत्यकाभित्र काठमाडौं, ललितपुर, भक्तपुरलाई समेटेर एउटै प्रशासनिक राजनीतिक एकाइ बनाउने प्रस्ताव काठमाडौं महानगरपालिकाले अघि सारेको छ । महानगरपालिकाले उपत्यकाको एकीकृत विकासका लागि एउटै अधिकारसम्पन्न प्रशानसनिक राजनीतिक एकाइ बनाउने प्रस्ताव ल्याएको हो ।
बृहत बकाठमाडौं महानगरभित्र कम्तीमा ५० ओटा बडा कार्यालयहरु राख्ने, वडा कार्यालयलाई नै नगरपालिका तहको सेवा केन्द्र बनाउने, महानगरको आफ्नै प्रहरी प्रशानसन, अदालत हुने र यसले स्वतन्त्रतापूर्वक कर उठाउन पाउने प्रस्तावमा उल्लेख छ । राजधानी दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया