काठमाण्डौं । एसिया कप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल बिहीबार संयुक्त अबर इमिरेट्स (युएई) सँग ७८ रनले पराजित भएको हो।
युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल ४८ दशमलब ५ अाेभरमा अलअाउट हुँदै १७६ रनमै समेटियाे। नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० र दिपेन्द्रसिंह ऐरीले ४० रनको योगदान दिएका थिए। कप्तान पारस खड्का १६ रनमा आउट हुँदा बसन्त रेग्मी १३ रनमा पभिलिएन फर्केका थिए। सोमपाल कामी २७ रन जोड्दै नटआउट रहे।
यस्तै, रोहित कुमार पौडेल ९, उपकप्तान ज्ञानेन्द्र मल्ल ४, आरिफ शेख र सागर पुन समान ३–३ तथा सन्दिप लामिछाने २ रन जोडेर पभिलियन फर्केका थिए। नेपाललाई सस्तैमा समेट्न युएईका अहमेद राजाले सर्वाधिक ४ विकेट लिएका थिए। यस्तै, महोम्मद नाभिदले ३ विकेट लिँदा अमिर हायतले २ तथा आस्फाद अहेमदले १ विकेट लिएका थिए। यसअघि टस हारेर पहिले व्याटिङ गरेको युएईले निर्धातिरत ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन बनाएको थियो।
युएईका लागि चिराग सुरीले सर्वाधिक ६५ रन बनाए। यस्तै, एडन मुफ्ती ७५ रनमा नटआउट रहँदा आस्फाक अहमेदले ४५, रामेज साहजादले ३५, अहमेद राजाले १२ र अबदुल साककोरले १० रनको योगदान दिँदा कप्तान रोहन मुस्ताफा १ रनमै आउट भएका थिए। नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने बसन्त रेग्मी र सोमपाल कामीले समान २–२ विकेट लिएका थिए।
प्रतिक्रिया