देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थ्री गर्जेजद्वारा लगानी गर्न अस्वीकार

देशान्तर

काठमाडौं । चिनियाँ कम्पनी थ्री गर्जेज पश्चिम सेती जलविद्युत् आयोजनाबाट बाहिरिएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले प्राविधिक, प्रभावित क्षेत्रको पुनर्वासलगायतको कारण लागत महंगो पर्ने जनाउँदै पश्चिम सेती जलविद्युत् आयोजना बनाउन अस्वीकार गरेको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले थ्री गर्जेजले क्षमता घटाएर र ऋण भुक्तानीका लागि अमेरिकी डलरमा उर्जा खरिद सम्झौंता गर्ने प्रस्ताव गर्दा पनि सो आयोजनाको काम अघि बढाउन नसकिने जानकारी बोर्डलाई गराएको बताए ।
१ खर्ब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको जलविद्युत् आयोजना थ्री गर्जेजको सहायक कम्पनी सिडब्लू इन्टेष्मेन्ट कर्पोरेशन र लगानी बोर्डबीच २०६८ सालमै बनाउने सहमति गरिएको थियो । अहिले थ्री गर्जेजले महंगो हुने निष्कर्ष निकाल्दै अघि बढाउन नसक्ने जानकारी लगानी बोर्डलाई गराएको छ ।

यसैबीच, लगानी बोर्डले आयोजना अघि बढाउन आवश्यक निर्णय लिन बोर्ड बैठक बोलाउने भएको छ । हाल थ्री गर्जेज नेपाल सरकारको आधिकारीक निर्णय पर्खेर बसेको छ ।