काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल अर्थतन्त्रमा कुनै पनि तरिकाले खतरामा नरहेको बताएका छन । आर्थिक पत्रकार समाज (सेजन)को १९ औं साधारणसभामा बोल्दै खतिवडाले अहिले काम भइरहेको र नतिजा आउनका लागि केही समय लाग्ने समेत बताएका छन् ।
नेपालको इतिहासमा लगातार दुईपटक ६ प्रतिशत माथिको आर्थिक वृद्धि भएको र अहिले त्योभन्दा माथि पुग्ने समेत खतिवडाले बताए । उनले निर्यात बढाउनको लागि निर्यात बढाउनुपर्ने बताए । जहाँ पनि एउटा समयमा आयात बढी हुने समेत उनले बताए ।
कानुन विनाका कुराले निजी लगानीलाई प्रवर्द्धन समेत नगर्ने उनले बताए । लगानी कर्ताको लगानी सुरक्षित गर्न सरकार केन्द्रित रहेको उनले बताए । लगानी बढाउने काममा निजी क्षेत्रले सहयोग गरोस भन्ने उनको धारणा थियो ।
प्रतिक्रिया