काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि बुधबार मध्यान्हदेखि भएको निर्वाचन बिहिबार बिहानसम्म जारी छ । बिहिबार बिहान ८ वजे हाराहारीमा मतदान सकिएको छ । मतदान कार्यक्रम रातभर चलेको थियो । निर्वाचन समितिका अनुसार ६ सय मतदाता अनुपस्थित भएका छन भने ३२ सय ६० मत खसेको छ ।
निर्वाचन कमिटीले राती १ बजेभित्र मतदान कार्ड लिएका प्रतिनिधिलाई मतदानका लागि लाइनमा बस्न प्रतिनिधिहरुलाई निर्देशन दिएको छ । नेविसंघमा ३८ सय बढी प्रतिनिधि रहेका छन् ।
मतदान विद्युतिय भोटिङ मेसिनबाट चलिरहेको भएपनि एउटामात्रै बुथको व्यवस्था गरिँदा ढिलाइ भएको बताइएको छ । मतदान प्रक्रिया लम्बिएपनि मत परिणाम भने निर्वाचन सकिएको केहि घण्टामै आइसक्ने बताइएको छ ।
]]>
प्रतिक्रिया