जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ ।
खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजय व्यहोरेको हो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने टोली प्रशिक्षक जगदीश भट्टले बताए ।
शिक्षक भट्टले हारका बाबजुद नेपालले उत्कृष्ट प्रदर्शन गरेको बताए । एशियाडमा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् ।
नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एशियाली खेलकूद एशियाडमा सहभागिता जनाएको हो । नेपालले भलिबलमा पछिल्लो पटक सन् १९८४ मा दक्षिण कोरियाको सिओलमा आयोजित एशियाडमा सहभागी भएको थियो ।
प्रतिक्रिया