देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुस्ताका १९ जनाविरुद्ध हत्या अरोपमा भारतीय अदालतमा मुद्दा

देशान्तर

कावासोती । विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको छ ।

मुद्दा चलाइएको थाहा पाएपछि सुस्तावासी त्रसित भएका छन् । नेपालीहरूलाई डर त्रास देखाइराख्न उनीहरूले मुद्दा चलाएको आरोप सुस्तावासीको छ ।  

सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको एक महिनाअघि बगाहाको नौरगिया कटाहाको खेतामा शव फेला परेको थियो । सीमापारि भएको घटनामा सीमावारिका मानिसमाथि मुद्दा चलाइएको छ । विहारको बगाहा अदालतमा मुद्दा चलाइएको हो ।

मृतक लोनिया ससुरालीमा बसेर विहार पुलिसका लागि सुराकीको काम गर्दै आएको स्थानीयवासीले बताएका छन् । सुस्तामा रहेका नेपालीका गतिविधि र दिनचर्याका बारेमा उनले विहार प्रहरीलाई जानकारी दिने र नेपालीलाई भmुठा आरोप लगाएर सताउने काम गर्दै आएको स्थानीय जनताको आरोप छ ।  

गाउँका अगुवाभन्दा दोस्रो स्तरका मान्छेहरूविरुद्ध मुद्दा चलाइएको सुस्तेलीले बताएका छन्  । उन्नाइस जनामध्ये समाजमा अगुवा देखिने युवा नै बढी रहेका छन् । क–कसलाई मुद्दा लगाइएको हो, त्योबारे भने स्थानीयवासीले बताउन चाहेनन् ।

 

]]>