काठमाडौं । यतिका वर्षदेखि थलिएर अस्तित्वको संकटमा परेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पछिल्लो समय नाफा कमाउने संस्थानको रुपमा परिचित छ । अर्थात् विगत केही वर्षदेखि नेवानिले काचुली नै फेरेको छ । यही क्रममा निगमले हालै एयरबसको ए ३३०–२०० सिरिजको दुईवटा वाइडबडी जहाज भित्र्याएको छ । नयाँ जहाज भित्रिएसँगै नेपालबाट सीधा युरोप उडान गर्ने योजना नेवानिले अघि सारिसकेको छ । तर निगमको यस्तो प्रगति रोक्ने तत्वहरू सल्बलाउन थालेपछि यसको भविष्य के हुने हो, फेरि एक पटक अन्योल सिर्जना भएको छ ।
१७ माघ २०७३ मा बसेको निगमको सञ्चालक समिति बैठकले २ वटा वाइड बडी खरिद गर्ने सर्वसम्मत निर्णय गरेको थियो । उक्त निर्णयमा कुनै पनि सञ्चालक समितिले विरोध जनाउने वा नोट अफ डिसेन्ट लेखेका थिएनन् । तर जहाज नेपाल आइसकेपछि विमान खरिदमा घोटाला भएको हल्ला फिजाएर निगम नेतृत्वलाई फेरि एकपटक विवादमा तान्ने प्रयत्न भएको छ । स्रोतका अनुसार कमिसनको आस गरेका तत्कालीन सञ्चालक समितिका दुईजना सदस्यले जहाज खरिदमा घोटाला भएको सुनियोजित रूपमा हल्ला फिजाएर निगमको वर्तमान नेतृत्वलाई बदनाम गर्ने खेल सुरु गरेका छन् । यस्तो खेलमा निगमको सञ्चालक समितिमा रहेका एकजना सरकारी प्रतिनिधि र नेवानिकै निवर्तमान कर्मचारी सामेल रहेको स्रोतले बतायो ।
उनीहरुले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले सस्तो मूल्यमा खरिद गर्ने जहाज महँगोमा खरिद गरेर करिब ८ अर्ब घोटाला गरेको हल्ला फिजाएका छन् । तर केही समयअघि त्रिभुवन विमानस्थलको ग्राउन्ड हैन्डिलिंग अडिट गर्न काठमाडौं आएका आईएटीएले पठाएको एरोटेक कम्पनीको ३ जना विज्ञमध्ये एक युरोपेली एयरलाइन्सको क्वालिटी एसोरेन्सको विज्ञले उही मोडेलको उही इन्जिन भएको विमान आफूहरूको कम्पनीले खरिद गरेको मूल्यभन्दा नेवानिले सस्तोमा पाएको भन्दै आश्चर्य प्रकट गरेका थिए ।
घोटालाको आरोप लगाउनेहरूले प्रत्यक्ष रूपमा कंसाकारलाई दोषी देखाए पनि अप्रत्यक्ष रूपमा टेन्डरको मूल्यांकन गर्ने इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट सम्मिलित ११ जना, बोर्डका अध्यक्ष, ५ जना बोर्ड मेम्बर तथा निगम बाहिरको तीन जना कर्पोरेट लयर गरी अन्य २ जनालाई समेत दोषी देखाउने प्रयत्न गरेका छन् । तर निगम महाप्रबन्धक कंसाकार हालै खरिद गरिएको मोडेलको विमान आफूहरूले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा संसारको कुनै एयरलाइन्सले खरिद नगरेको दाबी गर्छन् । ‘खरिद ऐन र निगम विनियमावली हुबहु पालना गरी अत्यन्त पारदर्शी ढंगले खरिद गरिएको हुँदा कहीँ कतै धाँधलीको कुनै गुञ्जायसै छैन’, उनले भने ।
घोटालाको आरोप लगाउनेहरूले विमानको मूल्य एयरबस कम्पनीको वेभसाइटमा उल्लेख गरेको प्रतिविमान क्याटलग मूल्य २ सय ३० मिलियन डलर उल्लेख हुँदा नेवानिलाई जहाज उपलब्ध गराएको एएआर कन्सोर्टियमले १ सय ५ मिलियन डलरमै उपलब्ध गराउनुको पछाडि खरिद गरिएका विमान पक्कै पुरानो डेन्टिङ पेन्टिङ गरेको हुनुपर्छ भन्ने आशंका समेत व्यक्त गरेका छन् । यसैगरी जहाजका एमएसएन नम्बर फरकफरक भइरहेकोले यी दुईवटा विमान कुनै हालतमा नेपाल आउँदैन र रु. ८ अर्बको पहिलो किस्ता रकम खाएर अमेरिकी, जर्मनी र पोर्टुगिजको ३ वटा कम्पनी भागिसक्यो र नेपाल आउने विमानहरू एक छिमेकी मुलुकमा उडिरहेको आरोपसमेत लगाइएको थियो । त्यस्तै विमानको तौलसम्बन्धी एमटीओडब्लू निर्धारण गर्दा ठूलो आर्थिक चलखेल भएको जस्ता आरोप लगाइएकोे छ ।
तर कंसाकार इन्टरनेटमा सीधै हेर्न सकिने विमानको तौलसम्बन्धी एमटीओडब्लू प्रष्ट रूपमा ए ३३०–२२० को २३०००० केजी अथवा २३० टन हुने लेखिएको बताए । प्रमाणहरू प्रष्ट हुँदाहुँदै पनि जबर्जस्ती विवाद सिर्जना खोजिएको उनको भनाइ छ ।
प्रमाणले यस्तो भन्छ
इन्टरनेटमा सिधै हेर्न सकिने विमानको तौल सम्बन्धी MTOW प्रष्ट रुपमा A330-200 को २३०००० के.जी. अथवा २३० टन हुने लेखिएको छ ।
List of airliners by maximum takeoff weight- Wikipedia MTOW = Maximum take-off weight, MLW = Maximum landing weight, TOR = Take-off run -SL, ISA+15°, MTOW_, LR = Landing run -SL, ISA+15°, MLW_Type MTOW [Kg] MLW [metric tons] TOR [m] LR [m] ICAO category
FAA category Antonov An-225 640,000 591=7 3500
Heavy Super Airbus A380-800F[1][2] 589,670 427
Heavy Super Airbus A380-800[2][3] 544,310 391 2900 2050
Heavy Super Boeing 747-8F 447,700 346=091 3100 1800
Heavy Heavy Boeing 747-8 443,613 306=175 3100
Heavy Heavy Boeing 747-400ER 412,770 295=742 3090
Heavy Heavy Antonov An-124-100M 405,060 330 2520 900
Heavy Heavy Boeing 747-400 396,900 295=742 3018 2179
Heavy Heavy Lockheed C-5 Galaxy[4][5][6] 381,000 288=417 2530 1494
Heavy Heavy Boeing 747-100[7] 340,200 265=300
Heavy Heavy Boeing 747-200[7] 377,840 285=700 3338 2109
Heavy Heavy Boeing 747-300[7] 377,840 260=320 3222 1905
Heavy Heavy Airbus A340-500[8] 371,950 240 3050 2010
Heavy Heavy Airbus A340-600[8] 367,400 256 3100 2100
Heavy Heavy Boeing 777-300ER 351,500 251=29 3200
Heavy Heavy Boeing 777-200LR 347,450 223=168 2800
Heavy Heavy Boeing 777F 347,800 260=816 2830
Heavy Heavy Boeing 777-200ER 297,550 213=00 3380 1550
Heavy Heavy Boeing 777-300 299,370 237=683 3380
Heavy Heavy Airbus A350-1000 308,000 233=5
Heavy Heavy McDonnell Douglas MD-11 273,300 185 2990 1890
Heavy Heavy Ilyushin Il-96M 270,000 195=04 3115 2118
Heavy Heavy Airbus A350-900 270,000 175 2670 1860
Heavy Heavy Airbus A340-200[8][9] 253,500 181 2990
Heavy Heavy Boeing 787-10[10] 254,000 201=849
Heavy Heavy Boeing 787-9[10] 254,000 192=777 2900
Heavy Heavy Airbus A350-800 259,000 193
Heavy Heavy Airbus A340-300[8][11] 276,700 190 3000 1926
Heavy Heavy Boeing 787-8[10] 228,000 172=365 3300 1695
Heavy Heavy Lockheed L-1011-500 231,300 166=92 2636
Heavy Heavy Airbus A330-300[12] 212,000 185 2500 1750
Heavy Heavy Airbus A330-200[12] 230,000 180 2220 1750
Heavy Heavy Lockheed L-1011-200 211,400
Heavy Heavy Ilyushin IL-96-300 250,000 175 2600 1980
Heavy Heavy Ilyushin IL-86 208,000 175
Heavy Heavy Boeing 767-400ER 204,000 158=758 3414
Heavy Heavy Boeing 767-300ER 187,000 136=08 2713 1676
Heavy Heavy Airbus A300-600R[13] 192,000 140 2385 1555
Heavy Heavy Airbus A300-600[13] 163,000 138 2324 1536
Heavy Heavy Airbus A310-300[13] 157,000 124 2290 1490
Heavy Heavy Concorde 185,000
Heavy Heavy Boeing 767-300 159,000 136=078 2713 1676
Heavy Heavy Vickers VC10 152,000 151=9
Heavy Heavy Airbus A310-200[13] 142,000 123 1860 1480
Heavy Heavy Airbus A400M 141,000 122 980 770
Heavy Heavy Boeing 757-300 124,000 101=6 2550 1750 Medium Large
प्रतिक्रिया