देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इमरान खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री

देशान्तर

काठमाडौँ । पूर्व क्रिकेटर इमरान खानले पाकिस्तानको प्रधानमन्त्रीको रुपमा शनिबार शपथ लिँदैछन् । इमरान शुक्रबार संसदमा भएको चुनावबाट देशको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । इमरानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ पिटिआई गएको जुलाईमा भएको चुनावमा देशको सबैभन्दा ठूलो पार्टी बनेको थियो । शुक्रबार प्रधानमन्त्रीका लागि संसदमा भएको चुनावबाट उनी देशको २२ औँ प्रधानमन्त्रीका रुपमा चयन भएका हुन् ।

उनले १७६ भोट पाए भने उनका प्रतिस्पर्धी मिस्लिम लिग, नवाजका शहबाज शरीफले ९६ भोट पाए। बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टी, पिपिपीले मतदानमा सहभागिता जनाएन । ६५ वर्षका इमरानले अब देशको नेतृत्व सम्हाल्ने छन् । उनका सामु खराब हुँदै गएको अर्थतन्त्र उकास्ने तथा वाचा गरे अनुसार सामाजिक परिवर्तन ल्याउने चुनौती छ । सन् १९९२ मा पाकिस्तानलाई विश्वकप क्रिकेटको उपाधि दिलाउँदा टिमको कप्तान रहेका इमरान अब देशको कप्तान बनेका छन् ।