काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार अपराह्न आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजसँग भारतको विदेश मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
भेटका अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धबारे छलफल हुनाका साथै यही भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनबारे विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको असामयिक निधन भएकामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट मन्त्री ज्ञवालीले हार्दिक समवेदना व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको समवेदना सन्देश पनि उनले भारतका विदेशमन्त्रीलाई हस्तान्तरण गरे ।
प्रतिक्रिया