देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि पठाउने निर्णयले न्याय पाए : दीपकुमार

देशान्तर

काठमाडौं, १२ असोज  । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायले आफूलाई अघिल्लो सरकार केपी शर्मा ओली नेतृत्वकोले बिना कसुर हटाएको बताएका छन् । संसदीय सुनुवाई विशेष समितिमा उपस्थित भएका उपाध्यायले आफूले कुटनीति मर्यादाविपरीतका काम नगरेको दाबी गरे ।  उपाध्यायले भने–‘ म धार्मिक मान्छे मलाई झुट बोल्न आउदैन् , अघिल्लो सरकारले बिनाकसुर फिर्ता बोलायो । फेरि पठाउने निर्णयले न्याय पाएको छु ।’

उपाध्यायले आफूमाथि चुनौति भने झन् बढी रहेको बताए । सांसदहरुले ओली सरकारले लगाएका आरोपबारे उपाध्यायसँग प्रष्टिकरण मागेका थिए । परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई भारतीय राजदूत रञ्जीत रेसँग सुदूरपश्चिम भ्रमणमा गएको, सरकार ढाल्ने गतिविधिमा दिल्लीमा संलग्न भएको भन्दै ओली सरकारले उपाध्यायलाई फिर्ता बोलाएको थियो ।

उपाध्यायसँगै चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौड्यालको पनि सुनुवाई भएको छ । पूर्व मुख्यसचिव पौड्यालले चीनसँग नेपालले धेरै फाइदा लिन सक्ने बताए । 

]]>