काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना साथ अघि बढ्ने बताएका छन । ज्ञवालीले पुनर्निर्माणको ठोस कार्ययोजना बनाएर पूर्व्निर्धा्रित समयमै काम सम्पन्न गर्ने बताएका छन् ।
बिहीबार पदवहालीपछि आयोजित स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थानीय तहमार्फत् जनतालाई व्यापक परिचालन गरी आगामी वर्षलाई पुनर्निर्माणको अभूतपूर्व वर्ष बताए ।
कार्यकारी अधिकृत ज्ञवालीलाई प्राधिकरणमा स्वागत गर्दै प्राधिकरणका सचिव अर्जुनबहादुर कार्कीले आगामी वर्ष्भित्र निजी आवास पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया