देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाबुको पहिचान नभए आमाले भनेकै आधारमा जन्मदर्ता हुन्छ:स्वास्थ्यमन्त्री यादव

देशान्तर

काठमाडौं ।उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाबुको पहिचान नभए पनि आमाले भनेकै आधारमा जन्मदर्ता हुने प्रष्ट आधार सहित सरकारले विधेयक ल्याएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले विधेयकले बाबुको पहिचान नहुनुको कारण मात्रै खोजेको बताए । त्यसलाई महिलाहरुले आत्मसम्मान गिरेको रुपमा लिन नहुने र महिलाहरुलाई आत्मसम्मान गिराउने मनसाय कहिँकतै नरहेको मन्त्री यादवको भनाइ छ ।

सुरक्षित मातृत्व प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले प्रसूति बिदा, पोषणको अधिकार सबैका लागि नभएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गरेका थिए ।

जवाफमा मन्त्री यादवले सरकारले प्रदेश सरकार र स्थानीय सरकारमार्फत अनुदान रकमको व्यवस्था गरी सबैलाई सुरक्षित मातृत्व अधिकार प्रदान गर्ने सरकारले लक्ष्य राखेको बताए ।