काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले स्पेनिस लालिगा फुटबल अब लाइभ दिने भएको छ । ला लिगाको डिजिटल ब्रोडकास्टिङ अधिकार सोनी च्यानलसँग भए पनि फेसबुकले एसियाली देशहरुमा देखाउन पाउने भएको हो ।
अब फेसबुकबाट लालिगा फुटबल नेपालसहित भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा आउँदो तीन वर्षसम्म हरेक खेल देखाउने सभ्झौता भएको छ ।
लालिगाका डिजिटल प्रमुख अल्फ्रेडो बर्मजोले भने, ‘यो सहमतिपछि विश्वका अझ धेरै ठाउँमा फुटबलको माहोल बन्ने छ ।’ उनले अगाडि थपे, ‘पछिल्लो २ वर्षदेखि हामीले व्यापक दर्शकामाझ फुटबल देखाउने प्रयास गरेका थियौँ, फेसबुक यसका लागि सहायक सिद्ध भएको छ ।
एसियाली महाद्वीपमा फेसबुकमा प्रयोग कर्ता लाखौँ भएकाले हामीलाई झनै फाइदा पुग्नेछ ।’ लालिगाका लागि सोनीले सन् २०१४ देखि १८ सम्मको ३२ मिलियन डलर तिरेको थियो । फेसबुकबाट आउने भएपछि सोनीले प्रशारण अधिकार छाडेको जनाइएको छ ।
प्रतिक्रिया