देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यसकारण कांग्रेस नेता लामिछाने पार्टी केन्द्रीय कार्यलयमा थाले अनशन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस कास्कीका तत्कालिन लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछानेले आजदेखि पार्टी केन्द्रीय कार्याल्यमा आमरण अनशन सूरु गरेका छन् ।

उनले आज विहानदेखि पार्टी केन्द्रीय कार्यालयको आँगनमा तत्कालिन कांग्रेसका नेता रामजी पौडेलको हत्यामा आफुलाई दोषी बनाइएको भन्दै न्यायको मागसहित अनशन सूरु गरेका हुन् ।

अदालतले उनलाई २०७२ चैत १४ गते रिहाईका लागि फैसला गरेको थियो । हत्यामा संलग्न भनिएपनि सरकारी वकिलको कार्यालयले उनीमाथी प्रमाण जुट्न नसकेको भन्दै मुद्धा चलाउन नमिल्ने बताएपछि रिहा गरिएको थियो ।

तर, आफू निर्दोश भएपनि पार्टीले यसबारे आफ्नो धारणा बाहिर नल्याएको भन्दै लामिछानेले अनशन थालेका हन् । उनले भने,‘ म निर्दोश छु, यसमा मेरो कुनै संलग्नता छैन्, म माथि सरासर अन्याय भएको छ, यसबारे पार्टीले कुनै चासो दिएन’ ।

उनलाई लेखनाथ १२ गगनगौंडामा भएको पौडेल हत्याकाण्डका योजनाकार रहेको आरोपमा तत्काल पक्राउ गरिएको थियो ।

लामिछानेले हिरासतमा रहेका बेलापनि आफ्नो संलग्नता पुष्टीभए कारबाही भोग्ने भन्दै संलग्न जो कोही भएपनि छिटो पक्राउ गरी कडा कारबाही गर्नुपर्ने माग राख्दै अनसनमा बसेका थिए ।

लेखनाथ १२ पावर हाउस निवासी ५२ वर्षीय पौडेलको २०७२ साउन २८ लेखनाथ नगरपालिकाको गगनगौंडा नजिकै पृथ्वीराजमार्ग भन्दा करिव ५० मिटर तल हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।