देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाः जिल्ला तहको एकीकरणका लागि मापदण्ड तयार

देशान्तर

काठमाडौं । नेकपाले प्रदेश र जिल्ला तहमा एकीकरणका लागि मापदण्ड बनाएको छ । नेकपाले प्रदेश र जिल्ला तहमा एकीकरण गर्दा संसद् र स्थानीय तहको निर्वाचन परिणाम, समानुपातिकतर्फ खसेको मत, पार्टी सदस्य संख्या, ज्येष्ठता र दुवैतर्फ स्वीकार्य व्यक्तित्वलाई मापदण्ड बनाएको हो ।

मापदण्डका आधारमा पूर्वएमाले र माओवादीका तल्ला कमिटीहरू एकीकरण गरिने नेताहरूले बताएका छन् । कार्यदलले जिल्ला र प्रदेशमा अध्यक्षलाई मूल नेतृत्व मानेर संख्यात्मक हिस्सेदारी हुने गरी एकताको मोडालिटी तयार भैरहेको जनाएको छ ।

अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले साउन मसान्तभित्र एकीकरण प्रतिवेदन बुझाउन दिएको निर्देशनअनुसार सातवटै प्रदेश र ७७ वटै जिल्लामा एकीकरणसम्बन्धी छलफल तीव्र बनाइएको छ ।

जिल्लामा एकीकरण टुंग्याउन पूर्वएमाले र माओवादीका जिल्ला इन्चार्ज तथा अध्यक्ष र पदाधिकारी रहेको पाँचदेखि सातजनाको कार्यदल बनेका छन् । केन्द्रीय सचिवालयले सातवटै प्रदेशका कार्यदलले प्रतिवेदन बुझाइसकेपछि प्रदेश र जिल्लाको नेतृत्व टुंग्याउनेछ ।

केन्द्रीय सचिवालयकाका अनुसार पूर्वएमाले र माओवादीमध्ये एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव पाउनेछन् । नेकपाको विधानले प्रदेश र जिल्लामा इन्चार्ज, अध्यक्ष र सचिव मात्र पदाधिकारी रहने व्यवस्था गरेको छ ।