देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्टरनेटको मूल्यमा सञ्चारमन्त्रीको झुट

देशान्तर

काठमाडौँ । इन्टरनेटमा सेवा कर लगाएपछि बढेको मूल्य घटाएको भन्दै आफैं वाहवाही गरेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जनतालाई ढाँटेका छन् । उनले मूल्य घटाउने नाममा जनतलाई उल्टै मूल्य बढाइदिएका छन् ।

मूल्य बढेपछि सेवा प्रदायकसँगको वार्तापछि सरकारले गरेको सम्झौताअनुसार मूल्य झन् बढ्ने भएको छ । मन्त्रीले मूल्य घटाइदिन व्यवसायीसँग बिन्ती गरेका थिए ।

त्यसपछि पुरानै मूल्य कायम राख्ने सहमति भए पनि केही शीर्षकमा पहिलेको भन्दा झनै मूल्य बढेर उपभोक्तामाथि भार थपिने भएको छ ।

दूर सञ्चार नियमावली विपरीतको ममर्त शुल्कलाई वैध बनाइदिएका मन्त्रीले । राउटरमा अतिरिक्त शुल्क लिन पाउने व्यवस्था गरिदिएका छन् ।

यसबाट तत्काल नयाँ कनेक्सन लिने उपभोक्तलाई भार थपिने भएको छ भने पुरानालाई मर्मत शुल्क बढ्ने भएको छ । सबैभन्दा बढी उपभोक्ताले चलाउने मोबाइल इन्टरनेटको मूल्य घटाउन कुनै पहल भएको छैन ।

सरकार र इन्टरनेट सेवा प्रदायकहरूबीच इन्टरनेटमा मूल्य नबढाउने र त्यसको विकल्पमा इन्टरनेट सेवा प्रदायकहरूलाई विभिन्न सहुलियत तथा सुविधा दिन सरकार सहमत भएको छ । तर अधिकांश सर्वसाधारणले चलाउने मोबाइल इन्टरनेटको मूल्य भने तत्काल नघट्ने भएको छ ।

इन्टरनेट सेवा प्रदायक र सरकारबीच भएको सम्झौतामा मोबाइल इन्टरनेटको बारेमा कुनै छलफल नभएको र नयाँ कुनै सहमति नभएको मोबाइल इन्टरनेटको मूल्य बढेकै कायम हुनेछ ।

कुल इन्टरनेट सेवा प्रदायकमध्ये १० प्रतिशतले चलाउने सेवाको मूल्य नबढे पनि ८४ प्रतिशतले चलाउने मोबाइल इन्टरनेट सेवा भने महँगो हुने भएको छ ।

सरकारले इन्टरनेट सेवा प्रदायकहरूसँगमात्र सम्झौता गरेपछि टेलिकम कम्पनीले दिने त्यस्तो मोबाइल इन्टरनेट सेवा महँगो हुने भएको छ ।

दूर सञ्चार प्राधिकरणका अनुसार कुल एक करोड ४७ लाख नेपालीले इन्टरनेट चलाउँछन् । त्यसमा एक करोड २४ लाखले मोबाइल इन्टरनेट चलाउछन् भने २२ लाखले मात्र तारबाट चल्ने इन्टरनेट चलाउँछन् जुन आज मूल्य नघट्ने भनिएको इन्टरनेट २२ लाखले मात्र चलाउँछन् ।