काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ केपी ओली नेतृत्वको वर्तमान सरकार मधेसको विकासप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
माडवारी सेवा समिति, जनकपुरको स्वर्ण जयन्ती समारोह तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने ‘बिना आधार नेकपा सरकारलाई मधेस विरोधी भन्दै आलोचना गरिन्छ तर वर्तमान सरकार मधेसको समग्र विकासप्रति प्रतिवद्ध छ । चालू आर्थिक वर्षको बजेटमा मधेसको समग्र विकासको लागि पर्याप्त रकम विनियोजन गरिएको उनले ।
मन्त्री महासेठले केही दिनभित्रै गाउँदेखि सहरसम्म सडकको सञ्चाल बन्ने दाबी समेत गरे । महासेठले मिथिलानगरी जनकपुरको विकासको लागि समेत वर्तमान सरकारले पर्याप्त रकम विनियोजन गरेको बताए ।
प्रतिक्रिया