देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कंगोमा इबोलाका कारण थप १० जनाको मृत्यु, २७ को मृत्युमा इबोलाकै शंका

देशान्तर

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप १० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशंका गरिएको छ ।

दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ बिरामी फेला परेको र अन्य स्थानमा पनि इबोलाको शंकास्पद बिरामी भेटिएको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दशौँ लाख मानिस बस्ने गोमा सहरमा पनि दुई शंकास्पद बिरामी भेटिएको अधिकारीहरूले जनाएका छन् । सन् १९७६ देखि कंगोमा इबोलाको प्रकोप अहिले दशौँ पटक देखिएको हो ।

पहिलो पटक कंगो नजिकै रहेको इबोला नदीमा यो रोगको पुष्टी भएको थियो । अहिलेको प्रकोप दक्षिण किभुको बेनी क्षेत्रमा फैलिएको छ । जुन ठाउँ युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्दछ । कंगोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौँको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।(एजेन्सी)