देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बंगलादेशले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने

देशान्तर

काठमाडौं – बंगलादेशले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री नसरुल हमिदबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालको उर्जा क्षेत्रमा बंगलादेशले लगानी गर्ने बाटो खुलेको हो ।

शुक्रबार काठमाडौंमा बगलादेशले नेपालबाट ५ सय मेघावाट विद्युत खरिद गर्न पाउने गरी दुवै मुलुकबीच जलविद्युत क्षेत्रमा लगानी बढाउने समझदारी गरिएको छ । नेपालको जलविद्युत क्षेत्रमा लगानी बढाउन बंगलादेशसँग महत्वपूर्ण समझदारी गरिएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पुनले जानकारी दिए ।

उनले दुईमुलुकबीच जलविद्युत खरिदका लागि भारतसँग समन्वय गरेर विद्युत प्रशारण लाइन बनाउने समझदारी पनि गरिएको बताए । कार्यक्रममा बोल्दै बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री हमिदले नेपालको जल विद्युतमा लगानी गर्न दुई देशबीच समझदारी गरिएको बताए। हमिदले सौर्य उर्जाको लागि नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गर्न पनि आफ्नो मुलुक तयार रहेको स्पष्ट पारे ।

नेपाल र बंगलादेशबीच पहिलो पटक नेपालको जलविद्युतमा लगानी भित्रयाउने समझदारी गरिएको हो । त्यो समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा दुवै मुलुकका विस्तृत छलफल गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ ।