काठमाडौँ । संसदीय समितिहरू आजदेखि क्रियाशील हुने भएका छन् । संसद गठन भएको पाँच महिनापछि संसदीय समितिहरु आजदेखि सक्रिय हुन लागेका हुन् ।
प्रतिनिधिसभाका १० वटै समितिको पहिलो बैठक आज बस्दैछ । राष्ट्रियसभातर्फका समिति बैठक पनि आजबाटै सुरु हुँदैछ । प्रतिनिधिसभाका १० र राष्ट्रियसभाका ४ वटा समिति गठन भएका छन् ।
समिति सभापतिमा नचल्दा जेष्ठ सदस्यको अध्यक्षतामा बैठब चलाउने संसद सचिवालयले जनाएको छ । समितिहरुमा छलफलका लागि विधेयक भने पठाइएका छैनन ।
सरकारले मौलिक हकसम्बन्धी दर्जनांै विधेयक संसद्मा पठाउने तयारी गरेको छ । समितिका बैठकहरु बिहान ११ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया