देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओमप्रकाश मिश्र कामु प्रधानन्यायाधीश

देशान्तर

काठमाडैँ । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पाएका छन । उनले आइतबार आफूसहित १० वटा इजलास तोक्दै कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन ।

संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि यसअघिका कामु प्रधानन्यायाधीश दीपकराज जोशी १५ दिनको बिदामा बसेपछि मिश्रले कमुको जिम्मेवारी पाएका हुन ।

मिश्रले आइतबार पेसी तोकेका ४६६ मध्ये ४७ मुद्दाको फैसला र ९१ मा आदेश जारी भएको छ ।

बाँकी मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । मिश्रले आफ्नै इजलासमा ५७ वटा मुद्दाको पेसी राखेका थिए । तीमध्ये ४ फैसला र ११ आदेश भएका छन ।

सर्वोच्च अदालतको वेभसाइटमा कामु प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम राखिएको छ । दीपकराज जोशीको नाम भने न्यायाधीशका रूपमा उल्लेख गरिएको छ ।