देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नायिका मोक्तान विपन्न परिवारको भगवान बनिन्

देशान्तर

सर्लाही । समाज सेवामा निरन्तर सक्रिया नायिका सुकुमाया मोक्तानले सर्लाही हरिवनका एक सय घरपरिवारलाई राहत स्वरुप झुल तथा छाता वितरण गरेको छ ।

मोक्तान अध्यक्ष रहेको सुकुमाया फाउन्डेसनले जिल्लाको हरिवन नगरपालिका वडा नम्बर २ मा रहेको अति विपन्न एक सय घरपरिवारलाई झुल तथा छाता वितरण गरेको हो ।

निरन्तर गर्मी बढेसंगै तराइ क्षेत्रमा स्थानीयहरूलाई लु लाग्ने, लामखुट्टेको टोकाईबाट विभिन्न प्राणघातक रोग लाग्नुका साथै बर्षेनी धैरैको ज्यानै समेत जाने गरेका छन् । गर्मी महिनामा तराईमा लामखुट्टेका कारण औंलो, हात्तिपाइले, डेंगु र कालाजार जस्ता रोगबाट प्रभावित हुने गरेका छन् ।

तिनै कुरालाई मध्येनजर गर्दै आफुले थोरै भएपनि राहत स्वरुप झुल वितरण गरेको उनले बताईन् । फाउन्डेसनकी अध्यक्ष तथा नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा हरिवन वडा नं. २ का वडाध्यक्ष अर्जुन महतो, वाइबा समाज नेपालका अध्यक्ष बिगेन्द्र सिङ वाइबा र स्थानियहरुको उल्लेख्य सहभागीता थियो ।

सुकुमाया फाउन्डेसनले “मिसन ताइस्या” मार्फत अति विपन्न माइली स्याङ्तानलाई केहि जग्गा खरीद गरि घर समेत बनाइदिसकेको छ । दोश्रो मिसन अनुरुप ताइस्याकी छोरी वर्ष १० कि माया तामाङ र सोहि वडाकी अर्की १२ वर्षकी प्रमिशा माझीको पालनपोषण तथा पठनपाठनको समेत जिम्मा लिएको छ । यथाशिघ्र उनीहरुलाई विद्यालय भर्ना गराउने पनि अध्यक्ष मोक्तानले बताईन ।