काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले अबको छ वर्षपछि नेपालमा रेलबाट १० देखि २० लाख पर्यटक नेपाल आउन सक्ने बताएका छन ।
पर्यटन मन्त्रालयले आज आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा उनले पर्यटन प्रर्बधनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
खतिवडाले ३०, ४० र ५० किलोमिटरका रेल्वे स्टेशन बनाउने योजना सरकारको रहेको बताए । खतिवडाले आगामी १० वर्षमा ५० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य रहेको भन्दै यसका लागि पुर्वाधार बिकासमा जोदिन आवस्यक रहेको दावी गरे ।
उनले रेलमार्गको बिस्तार संगै क्षेत्रिय विमानस्थल बढाउनुपर्ने र फ्लाइट दोब्बर गर्नुपर्ने बताउँदै कम्तिमा एक सय फ्लाइट दैनिक आवस्यक हुने उल्लेख गरे ।
नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नुपर्ने र होटेल पनि थप्नुपर्ने बताउँदै खतिवडाले होटेल खोल्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया