काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि निर्णय गर्न सकेन । अर्को बैठक पर्सि बस्नेछ ।
समितिले १० गते नै सुनुवाई गरेको थियो । त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक बसेर पनि जोशीबारे कुनै निर्णय लिन सकेन ।
बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो । बैठकमा प्रमुख विपक्षी कांग्रेसले ‘संघीय कानुन बनेको छैन, अनुमोदन नगर्ने हो भने हामी मान्दैनौं’ भनेपछि सहमतिका लागि बैठक स्थगित भएको हो । पर्सिसम्म सहमति नभए प्रक्रियाबाट टुंगो लगाइने नेकपाकी सांसद निरु पालले जानकारी दिइन् ।
प्रतिक्रिया