काठमाडौं । मेक्सिकोमा विमान दुर्घटना भएको छ । मेक्सिकोको डुरान्गो राज्यको राजधानी नजिकै विमान दुर्घटना भएको हो । १०१ जना रहेको विमान दुर्घटनाग्रस्त भए पनि कसैको पनि मृत्यु नभएको डुरान्गोका गभर्नर जोसे एइस्पुरोले पुष्टि गरेका छन ।
उनले ट्वीट गरेर विमानमा रहेका १०१ मध्ये ८५ जना घाइते भएको जानकारी दिनुभएको छ । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । एरोमेक्सिकोको फ्लाइट नम्बर एएम २४३१ को विमान डुरान्गोमा रहेको गुएडालुपे भिक्टोरिया अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीका लागि उडेको थियो ।
विमान उडेको केहीछिनमै दुर्घटनाग्रस्त भएको हो । घाइते भएका मध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । ठूलो पानी परिरहेका बेला विमानले उडान भरेको थियो र लगत्तै आपतकालीन अवतरण गरियो । त्यहि क्रममा दुर्घटना भएको हो ।
प्रतिक्रिया