काठमाडौं । भारतले बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’ बुधबारदेखि बन्द गरेको छ ।भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिविनै सो कार्यालय स्थापना गरेको थियो ।
भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज अर्थात अगस्ट १ देखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जनाएको छ ।सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले क्याम्प अफिस खडा गरेको थियो ।
सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो । नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि उक्त कार्यालय खोलिएको थियो । परराष्ट्र मन्त्रालयले यसअघि सो क्याम्प हटाउन भारतीय दूतावासलाई पत्राचार गर्दासमेत भारतले टेरेको थिएन ।
प्रतिक्रिया