देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले बढाएको करले आफुहरु मर्कामा परेको व्यवसायीको गुनासो

देशान्तर

काठमाडौं । उपराष्ट्रपति पुनले देशलाई अहिले समृद्धीको आवश्यकता रहेको भन्दै यसका लागि सवैभन्दा पहिले व्यवसायीहरुले सहयोग गर्नुपर्ने बताएका छन् । नेपाल फ्रेट फरवार्डस एसोसिएसनले आफ्नो २४ औं स्थापना दिवसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले व्यवसायीहरुले गरिरहेको कामको सरहाना गर्दै व्यवसायीका दुःख र पिरमर्कामा सरकारले ध्यान दिनुपर्ने स्मरण गराए । सोही कार्यक्रममा बोल्दै नेपाल फ्रेट फरवार्डस का अध्यक्ष प्रकश सिं कार्कीले सरकारले पछिल्लो समय गरेको कर वृद्धीले व्यवसायीहरु ठुलो मर्कामा परेको बताए ।

उनले व्यवसायीहरुले केही गरौ भनेर अग्रसर भएपनि कर वृद्धीका कारण निराश हुनु परेको दुखेसो व्यक्त गरे । त्यस्तै, उनले कलकत्ता बन्दरगाह लगायतका समस्याले व्यपारीहरुलाई निकै समस्या परेकाले सरकारले समयमै चासो दिनुपर्नेमा समेत जोड दिए । केही महिना पहिले मात्रै फ्रेट फरवाडर्सको अध्यक्षमा निर्विरोध निर्वाचित भएका अध्यक्ष कार्की नेपाली कांग्रेसको तर्फबाट सोलुखुम्बु प्रदेशसभा ‘क’ बाट उम्मेद्वारा समेत बनेका थिए । फ्रेट फरवाडर्सको अध्यक्षमा निर्वाचित भए लगत्तै कार्कीले व्यवसायीका हकहितका लागि गर्ने तथा संस्थाका लागि आफूले पूरा गर्ने केही घोषणा समेत गरेका थिए ।

त्यतिबेला अध्यक्ष कार्कीले संस्थाको आफ्नै भवन बनाउने प्रतिवद्धता गरेका थिए । जुन केही समय अघि शिलन्यास समेत भैसकेको छ । व्यवसायीहरुले कार्कीको नेतृत्वमा संस्थाले फड्को मार्ने अपेक्षा पनि गरेका छन् । व्यवसायीको अपेक्षा अनुरुप अध्यक्ष कार्कीले पनि आफूले व्यवसाय र संस्थाका लागि गर्ने कामको संकेत दिन पनि सुरु गरिसकेका छन् ।