देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नर्भिकमा साडे तीन लाखमै घुँडाको जोर्नी फेरिने

देशान्तर

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले गत असार महिनाभर सञ्चालन गरेको घुँडा तथा कम्मरका जोर्नी समस्याले ग्रसित विरामीहरूका लागि निःशुल्क जाँच शिविरमा आएका अधिकांश विरामीहरूको मुख्य कारण अव्यवस्थित जीवनशैली पाइएको छ ।

शारिरीक निश्क्रियता, ज्यादा मोटोपन, वाथ, हर्मोन रोग आदिका कारणसमेत वयष्क महिला तथा पुरुष दुबैमा शरिरका हड्डीलगायत घँुडा तथा कम्मरका जोर्नीहरु खिइने गरेको पाइएको छ । शिविरमा आएका विरामीहरु मध्ये हालसम्म दुई जनाले घुँडाको जोर्नी प्रत्यारोपण गर्ने शल्यक्रिया गराइसकेका छन् भने थप दुई जना शल्यक्रियाको तयारीमा रहेका र एक दर्जनभन्दा बढीले शल्यक्रियाका लागि नाम दर्ता गराएका छन् ।

घँुडाको जोर्नी प्रत्यारोपण गर्र्ने शल्यक्रिया गराइसकेका दुई विरामीहरु शल्यक्रियाको दोस्रो दिनबाटै हिड्डूल गर्न थालेका र अव डिस्चार्ज हुने तयारीमा छन् ।

राजधानीमा जोर्नी प्रत्यारोपण गर्ने शल्यक्रियाका लागि सरदर रु. ५ लाख भन्दा बढी खर्च लाग्ने भएता पनि नर्भिकको हाड–जोर्नी विभागले उक्त शल्यक्रिया चालू साउन महिनाभर रु. ३,५०,००० भित्रमा नै सम्पन्न गर्ने योजना बनाएको जनाइएको छ ।

उक्त प्याकेज शुल्कमा शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण निदानात्मक प्रक्रियाहरु, शल्यक्रिया, पोष्ट अपरेटिभ वार्ड र डिलक्स वार्डको साताब्यापी बसाई, सम्पूर्ण औषधिहरु, शल्यचिकित्सक एवम् नर्सिङ्ग सेवा र फिजियोथेरापी सेवासमेत समावेश छ ।

शिविरमार्फत् नाम दर्ता गराई साउन महिनाभर शल्यक्रियाका लागि आउने तथा तत्सम्बन्धित अन्य विरामीहरूले समेत उपरोक्त बमोजिमको अत्यन्त न्यून शुल्कको शल्यक्रिया सेवा प्राप्त गर्न सक्नेछन् ।

स्मरणीय छ, नर्भिकको हाड–जोर्नी विभागले सन् २००६ मै सफलतापूर्वक घँुडाको जोर्नी प्रत्यारोपण गर्ने शल्यक्रिया गरेको भएता पनि यसखाले सहुलियतपूर्ण सेवा प्रदान गरेको यो पहिलो अवसर हो ।