काठमडौँ । डेमोक्रेटीक लयर्स एशोसियसन डीएलएको अध्यक्षमा योगेन्द्र अधिकारी निर्वाचित भएका छन् । आइतवार सम्पन्न भएको निर्वाचनपछि सुरुभएको मतगणनामा अधिकारी विजयी भएका हुन ।
अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रह्लादबहादुर कार्कीले आकांक्षा देखाए पनि अन्तिममा अधिकारी,केसी र श्रेष्ठवीच प्रतिष्पर्धा भएको थियो ।
अर्का आकाँक्षी केदार कार्कीले अन्तिम समयमा आएर उमेद्वारी फिर्ता लिएका थिए । कार्कीको उमेदवारी फिर्ता भएपछि वरिष्ठ अधिवक्ता श्रेष्ठको उमेदवारी कायमै रहेको थियो ।
कार्कीको उमेद्वारी फिर्ता लिइएपछि तथा श्रेष्ठको उमेदवारी कायमै भएको अवस्थामा समेत अधिकारी विजयी भएका हुन । नेपाल ट्रेड युनियन काँग्रेसको महाधिवेशन पछि नेपाली काँग्रेसको अर्को शुभेच्छुक संस्था डिएलएको महाधिवेशन भएको हो ।
महाधिवेशनले डीएलएलाई पहिलोपटक प्रदेश संरचना लगेको छ । प्रदेश संरचनामा जाँदा केन्द्रीय समिति ४३ सदस्यीय बनाउने गरी विधान संशोधन भएको थियो ।
महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष एक–एक जना प्रदेश उपाध्यक्ष सात जना, सचिव दुई जना र २४ जना सदस्य निर्वाचित गरेको छ।
प्रतिक्रिया