काठमाडौं । पाइलटले रक्सी पिएका कारण काठमाडौं विमानस्थलमा रोकिएको फ्लाई दुबईको जहाज बेलुकी ७:२० बजे दुबई उड्ने भएको छ । दुबईबाट अर्का पाइलट आएपछि बेलुकी ७ः२० बजे नयाँ उडान तालिका तय भएको फ्लाई दुबईको नेपाल कार्यालयका स्टेशन म्यानेजर अबिक श्रेष्ठले जानकारी दिए ।
बिहान ९:५० मा उड्नुपर्ने एफजेड ७३७ नम्बरको जहाजका एक पाइलटले रक्सी पिएको थाहा भएपछि उडान रद्द भएको थियो । तर फ्लाइ दुबईको नेपाल कार्यालयले भने पाइलटले रक्सी नपिएको दाबी गर्दै स्वास्थ्यमा समस्या आएको जनाएको छ ।
उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि जाँच गर्न पठाइएको मात्र होु श्रेष्ठले भने । तर विमानस्थल स्रोतका अनुसार पाइलटले रक्सी पिएको थाहा भएकाले उडान रद्द गर्नुपरेको हो ।
प्रतिक्रिया