काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कसैले गलत माग राख्दैमा सरकार नढल्ने बताएका छन ।
आइतबार तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र निकट इन्जिनियर संगठनको एकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लामो समयपछि नेपाली जनताले स्थिर सरकार पाएको बताए ।
सरकारको सम्पूर्ण ध्यान भनेको विकास र समृद्धितर्फ रहेको उनको भनाई छ ।अध्यक्ष दाहालले निर्वाचनपछि राजनीतिक विषय सकिएको भन्दै सरकारलाई काम गर्न नदिने उद्देश्यले नेपाली कांग्रेसले अनेक गलत निर्णहरु गरेको आरोप समेत लगाए ।
अध्यक्ष दाहालले वर्तमान सरकार विश्वमा स्थापितभन्दा पनि नेपाली स्वरुपको समाजवादको यात्रामा जार्ने जिकिरसमेत गरे ।
प्रतिक्रिया