देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रसाइँलाई कारबाहीको माग गर्दै कांग्रेसद्धारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कारबाहीको माग गर्दै संसद सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम कांग्रेस सांसद डिला संग्रौलाको प्रस्ताव तथा लक्ष्मी परियार र प्रमिला राईको समर्थनमा प्रस्ताव दर्ता गराइएको हो ।

प्रतावमा प्रसाईले सार्वजनिक संचार माध्यम तथा सामाजिक सञ्जालमार्फत बंगलादेशमा मेडिकल शिक्षा आर्जन गरी स्वदेश फर्किएका तथा हाल त्यहाँ अध्ययनरत छात्रहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको उक्त प्रावधानको ठाडो उलंघन गरेको उल्लेख गरिएको छ ।