काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा एक बालिकाको बलात्कारपछि हत्या भएको विषयमा सदनलाई यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन ।
प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य र विशेष समयमा बोल्ने धेरै सांसदहरुले कञ्चनपुर घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका थिए ।
महिला हिंसामा शून्य सहनशिलताको कुरा गर्ने, घटनाको तत्काल सम्बोधन गरी सरकारको उपस्थिति जनाउने बताउदै आएको सरकारले घटनाको ४ दिनसम्म पनि दोषीलाई नियन्त्रणमा लिन नसकेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए ।
शून्य र विशेष समयमा सांसदहरुले यही विषयमा कुरा उठाएपछि सभामुख महराले यस घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन ।
प्रतिक्रिया