देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य क्षेत्रलाई व्यापारको रुपमा नलिन मन्त्री यादवको आग्रह

देशान्तर

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कार्य क्षेत्रमा जान चिकित्सकहरुलाई निर्देशन दिएका छन। काठमाडौं बाहिरका अस्पतालहरुमा चिकित्सकहरु नजाने गरेको भन्दै उनले खटाएको ठाउँमा जान निर्देशन दिए ।

वीर अस्पतालको १२९ औं वाषिर्कोत्सवको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा मन्त्री यादवले वीरका चिकित्सकहरुलाई तोकिएको अवधिभर डयूटी गर्न निर्देशन दिए ।

वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुले अस्पतालमा पर्याप्त समय नदिने गरेको जनगुनासो आएको भन्दै उनले ड्यूटी आवर’मा अस्पतालकै सेवामा रहन आग्रह गरेका छन ।

मन्त्री यादवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारको रुपमा नभई सेवाको क्षेत्रको रुपमा विकास गर्नु पर्ने बताए ।