काठमाडौं । पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । गत जुलाई २५ मा देशभरी भएको निर्वाचनको परिणाम पूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको घोषणा भएपछि उनीहरुले आन्दोलको घोषणा गरेका छन ।
आन्दोलनरत पार्टीहरुले फेरि निर्वाचन गर्न माग गर्दै प्रदर्शन गरेका छन् । वर्तमान सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)सहितका दलहरुले आन्दोलनको घोषणा गरेका छन ।
पिएमएल–एनका वरिष्ठ नेता शाहबुज शरिफले आन्दोलनप्रति आफ्नो समर्थन रहेको बताएका छन।प्रतिद्वन्द्वी ती पार्टीहरूले चुनावमा धाँधली भएको ठहर गर्दै पुनःआन्दोलन गर्ने घोषणा गरेका हुन् ।
मतगणनाको परिणामअनुसार पूर्व्क्रिकेटर इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको छ । यद्यपि, खानको पार्टीले सरकार गठनका लागि आवश्यक १३७ स्थान प्राप्त गर्न सकेन ।
प्रतिक्रिया