काठमाडौं । श्री पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडकोे शेयर बाँडफाँड भएको छ ।
गत साउन १ गते देखि ४ गतेसम्म सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला भएको गरेकोमा कर्मचारीहरु तथा सामूहिक लगानी कोषबाट सम्पूर्ण कित्ता शेयरको लागि आवेदन प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।
प्रति शेयर रु.१००।- अङ्कित दरको ११,००,००० कित्ता (४४,००० कित्ता कर्मचारीहरुको र ५५,००० कित्ता सामूहिक लगानी कोषको समेत) रहेको छ ।
आवेदन दिने १,४६,३८९ जना आवेदकहरुबाट १,००,८४,७३० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा शेयर निष्काशन तथा बिक्री बन्द भएको ७ औ दिन, मिति साउन ११ गते आवेदकहरुलाई न्युनतम १० कित्ता शेयर बाँडफाँंट गरिएको छ ।
कम्पनीले कुल १,००,१०० आवेदकहरु छनौट गर्ने गरी १०,०१,००० कित्ता शेयर मिति साउन ११ गते सन्राइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाण्डौमा निष्काशन कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र नियमन निकायहरुको प्रतिनिधिको उपस्थितिमा शेयर बाँडफाँड गरेको छ ।
प्रतिक्रिया