देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जोशीको संसदीय सुनुवाई आइतबारका लागि सर्‍यो

देशान्तर

काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीको विषयमा आज डाकिएको संसदीय सुनुवाई आइतबारका लागि सरेको छ। आज ३ बजेका सुनुवाईको मिति तय गरिएको थियो। हिजो सुनुवाईका क्रममा २ घन्टा प्रश्नको सामना गरेका जोशीले १३ मिनेटमात्र बोलेर जवाफ दिएका थिए।

सुनुवाई अब आइतबार बिहान ८:३० मा हुनेछ। समितिले सुनुवाईको कारणमा ‘चलिरहेको संसद’ देखाए पनि नेकपाका सांसदहरुले उनको शैक्षिक प्रमाणपत्रबारे थप अध्ययन गर्नुपर्ने जनाएका थिए। नेकपा संसदीय दलमा छलफलमा सहभागी सांसदहरुले जोशीको प्रमाणपत्रबारे अध्ययन र छलफलपछिमात्रै सुनुवाईमा जानुपर्ने तर्क राखेका थिए। यद्यपि, आजको सुनुवाई सर्नुमा यसलाई कारण मानिएको छैन।

हिजो सुनुवाईका क्रममा सांसदहरुले एनसेल सम्बन्धमा प्रश्न गरेका थिए।  त्यसको जवाफमा उनले आफूले यस विषयमा कुनै फैसला नगरेको बताएका थिए। अरु विषयमा अदालतमा विधाराधीन मुद्दा भनेर पन्छिए उनले व्यक्तिगत विषय समेटिएका प्रश्नको उत्तर दिएनन्।

‘विचाराधीन मुद्दा मलाई बोल्न बाध्य पार्न सकिँदैन,’ उनले भनेका थिए। न्यायपालिकामा भ्रष्टाचार छ भन्ने कुरा सांसदहरुले उठाए पनि उनले स्वीकार गरेनन्।