पर्सा । अख्तियारले पर्साको धोबिनी गाउँपालिकाका लेखापाल र नायबसुब्बालाई एक लाख १० हजार घुससहित रंगेहात नियन्त्राणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले लेखापाल कृष्णनन्दन राय यादव र नायबसुब्बा अनमोल हक अन्सारीलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।
प्रतिक्रिया