काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।
सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
प्रतिक्रिया