काठमाडौं । ४० औं पुष्पलाल दिवसको अवसरमा नेपाल राष्ट्रिय बाणिज्य संघ कास्की, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कास्की र उद्योग तथा व्यावसायिक महासंघ समन्वय समिति कास्कीको संयुक्त आयोजनामा तेश्रो पुष्पलाल स्मृती खुल्ला व्याडमिण्टन प्रतियोगिता हुने भएको छ ।
साउनको १२ देखि १४ गते सम्म पोखरा रंगशालामा हुने गण्डकी प्रदेश स्तरिय प्रतियोगितामा विभिन्न पाँच इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक यदुनाथ अधिकारीले जानकारी दिए । सबै इभेण्टमा डबल्सतर्फ प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा खुल्ला, पुष्पलाल ए, पुष्पलाल बि, ४५ र ५५ वर्ष माथिको भेट्रान्सतर्फ प्रतिस्पर्धा हुने उनले बताए ।विजेता खेलाडीहरु क्रमश प्रथमले २० हजार, द्वितियले १५ हजार तथा तृतीयले नगद १० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया