काठमाडौं। नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान मकालु त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका हुन् ।विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो ।
प्रतिक्रिया