देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कानूनमन्त्री तामाङद्धारा पदबाट राजीनामा

देशान्तर

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन् ।बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि
कानुन मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तामाङले राजीनामा दिएका हुन् । उनलेपत्रकार सम्मेलनमा भावुक हुँदै आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको तामाङले बताए। आफू सधैँ नेपाली महिलाको सम्मानमा आँच आउन नदिने कुरामा सजग भएको उनको भनाई छ ।

कानुनमन्त्री तामाङको अभिव्यक्तिले सरकार र पार्टीलाई काम गर्न अप्ठेरो भएपछि उनलाई पार्टीले राजीनामा दिन निर्देशन दिएको थियो । आफूले एउटा सार्वजिनक कार्यक्रममा दिएको अभिव्यक्तिलाई गलत तरिकाले बुझिएको बताउँदै नारी अधिकारका लागि आफू निरन्तर लड्दै आएको बताए। आफूले बंगलादेशमा पढ्ने छात्राहरु हिंसामा परेका कुरा भनेको स्पष्ट पार्दै त्यसलाई अतिरञ्जित पारिएको उनले बताए।

कानुनमन्त्री तामाङले पत्रकार सम्मेलनमा भने म आफै महिला मलाई जन्माउने आमा हो । मेरो जीवन साथी हो । छोरी मेरो सन्तान हो । भविष्य हो । सबै हो । आमाको नामबाट नागरिकता दिने विषयको आन्दोलनमा मेरो पनि सहयोग छ । हिंसा भएको छ भनेर मैले आफै बोलेकै हो । तर केही क्लिप मात्रै निकालेर बंग्याएर समाचार आएको हो ।’

मन्त्री तामाङले आफ्नो अभिव्यक्तिलाई विवादमा तानेर सरकारलाई नै असफल बनाउन लागिएको कारण सरकारको समृद्धिको यात्रामा अवरोध नआओस् भनेर राजीनामा दिएको प्रष्ट पारेका छन्। मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए।