पर्वत । पर्वतको एक विद्यालयका प्रधानाध्यापकलाई आफैंले पढाउने वालिका विद्यार्थीहरुलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेको छ ।
फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानध्यापक खिलप्रसाद पौड्याललाई तिन जना वालिका विद्यार्थीलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ गरिएको हो ।
‘केहि दिन अघि वडा नम्वर ६ का जनप्रतिनिधी र महिलाहरुको समुहले उनलाई कालोमोसो दल्दै र माफी मगाउँदै मिलाउन खोजिएको रहेछ’– जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले भने–‘ हामीले त्यो कुरा थाह पायौं र फलेवास प्रहरी चौकी मार्फत निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।’
डिएसपी घिमिरेले उिनी विरुद्ध अप्राकृतिक मैथुन सम्वन्धि मुद्धा अदालतमा दायर समेत गरी सकिएको जानकारी दिए ।
प्रतिक्रिया