काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका गर्न सकारलाई आग्रह गरेका छन् ।
डा.केसीका मागहरु बार्ताबाट छिटो समाधान गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै पूर्वराष्ट्रपति यादवले नागरिकको जीउ, धनको सुरक्षा गर्ने दायित्व सरकारकै भएको बताए ।
सोमबार शिक्षण अस्पताल महाराजगंजमा पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उनले संचारकर्मीहरुसँग कुरा गर्दै सरकारलाई आग्रह गरेका हुन् ।डाक्टर केसीले पछिल्लो पटक आमरण अनसन सुरु गरेको २४ औं दिन पुगेको छ ।
प्रतिक्रिया